दफा ७०
बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारी
(१) नेपाल सरकारले वाह्य क्षेत्रबाट ऋण लिंदा बैंकसंग परामर्श लिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको परामर्शमा ऋण रकमको राशी, सो को प्राप्ति तथा ऋण सापटीका शर्त वा अवस्था तथा ऋणको भुक्तानी जस्ता विषय पर्नेछन् । (३) नेपाल सरकारले वाह्य ऋण लिएको जानकारी बैंकलाई दिनेछ । (४) नेपाल सरकारले विदेशी विनिमयमा दायित्व श्रृजना हुने गरी निजी वा सार्वजनिक संस्थालाई बाह्य ऋण लिन स्वीकृति दिंदा बैंकसंग परामर्श लिनेछ । (५) नेपाल सरकार, सार्वजनिक संस्था वा निजी क्षेत्रले विदेशी विनिमयमा दायित्व सृजना हुने गरी भए गरेका सम्झौताको जानकारी बैंकलाई दिनु पर्नेछ ।